पृथ्वी जयन्ती मनाउन लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति गठन

राप्रपाले पृथ्वी जयन्ती मनाउनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति गठन गरेकाे छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि पृथ्वी जयन्ती तयारी समिति गठन गरेको थियाे । 

सोमबार बसेको साे समितिकाे बैठकले २७ पुसमा ३०१ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाउने निर्णय गरेकाे छ । राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पनि माग गरेको छ । 

साेमबारकाे बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १८:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया