जनमत पार्टीले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण पेस गर्न भनेको छ । पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सिके राउतले पत्र लेख्दै जनप्रतिनिधिलाई ६ महिनाको कार्यप्रगति विवरण पेस गर्न भनेका हुन् ।
उनले ६ महिने कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका छन् ।
देशभरिमा जनमतले कुल १९ वटा वडाध्यक्ष जितेको छ । त्यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई वडासहित मेयर र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष तथा उपाध्यक्ष जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
जनतमले राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडा पनि जितेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।