इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डसँग लिभरपुल पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
ब्रेन्टफोर्डको जितमा इब्राहिम कोन्टे, योने विसा र ब्रायन एमबेउमोले एक/एक गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए ।
खेलमा लिभरपुलका कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले सुरुआती अग्रता लिएको थियो । योने विसाले खेलको ४२औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
लिभरपुलका च्याम्बरलेनले ५०औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित दिलाए ।
ब्रेन्टफोर्ड १८ खेलमा २६ अंकका साथ सातौँ स्थानमा छ । पराजित लिभरपुल १७ खेलमा २८ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ । १६ खेलमा ४३ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।