आज सुनको मूल्य यो वर्षकै उच्च, कतिमा हुँदैछ कारोबार?

मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य यस वर्षकै उच्च हो ।

यसअघि गत ५ वैशाखमा छापावाल​ सुन प्रतितोला १ लाख २५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १२:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया