नेपाल टी–२० लिग : विराटनगरविरुद्ध काठमाडौंको सानदार जित
फरकधार / १९ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

पहिलो संस्करणको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा काठमाडौंले मंगलबार विराटनगर सुपर किंग्सलाई ३४ रनको हरायो ।



अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंले सात म्याच खेल्दा तीन खेलमा हारको सामना गरेको छ । विराटनगरको भने यो पाँचौं हार हो ।



आफ्नो सातौँ खेलमा काठमाडौंले दिएको ९३ रनको रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र बनाउन सक्यो । उसका लागि गौरांशु शर्माले २२, विवेक यादवले १२ र नन्दन यादवले अविजित ११ रन जोडे । 



बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले तीन, सुनम गौतम, अनिल खरेलले दुई/दुई, बसिर अहमद र अविनाश बोहराले एक/एक विकेट लिए ।



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । उसका लागि सन्दीप रजालीले अविजित ३२, कप्तान ज्ञानेन्द्र मल्लले १४, एलेक्स ब्लेकले १३ र कमल ऐरीले अविजित १४ रन बनाए ।  

विराटनगरका लागि नन्दन यादवले तीन, हुसेन तलत, केओन जोसेफले एक/एक विकेट लिए । पारिश्रमिक नपाएपछि खेलाडीले आजदेखि लिग नखेल्ने बताएका थिए । तर, नेपाल क्रिकेट संघ (क्यान) र टिम मालिकबीच पारिश्रमिकको विषयमा सहमति भएपछि खेलाडी लिग खेल्न तयार भएका थिए । 



पारिश्रमिक विवादकै कारण आज पहिलो खेल ९ ओभरमा झारिएको थियो ।     



  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १२:५७:२३,   अन्तिम अपडेट : पुस १९, २०७९ मंगलबार १३:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया