ज्ञानेन्द्र मल्लको खुलासा : हाम्रो एक खेलाडीलाई फिक्सिङको अप्रोच आयो
फाइल तस्बिर

नेपाल टी–२० लिग टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीलाई म्याच फिक्सिङको प्रस्ताव आएको बताएका छन् । मंगलबारको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं नाइट्सका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका हुन् । 

प्रस्ताव आउनेबित्तिकै आफूहरूले अनुशासन समितिमा रिपोर्टसमेत गरेको मल्लले बताए । ‘हाम्रो टिमको एउटा खेलाडीलाई अप्रोच गरेको थियो । तर, अप्रोच र फिक्सिङ फरक कुरा हो,’ उनले भने, ‘हामीले रिपोर्ट गरेर यो विषयको अनुसन्धान भइसकेको छ ।’

मल्लले कसले र कुन खेलाडीलाई प्रस्ताव गरेको भन्नेबारे भने खुलाएनन् । मंगलबार बिहान लिगका कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा स्पट फिक्सिङ भएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । त्यस्तै, पारिश्रमिक नपाएको भन्दै आजदेखि खेलाडीले लिग नखेल्ने बताएका थिए । तर, नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारी र टिम मालिकबीच पारिश्रमिकको विषयमा सहमति भएपछि खेलाडी लिग खेल्न तयार भएका थिए । 

पारिश्रमिक विवादकै कारण आज भएको पहिलो खेल ९ ओभरमा झारिएको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको सो खेलमा काठमाडौं नाइट्सले विराट नगर सुपर किंग्सलाई ३४ रले हरायो ।  





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १४:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया