नेप्सेमा सामान्य अंककाे गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम तीन अर्ब रुपैयाँ नाघेको छ । आज तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज दुई वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज स्वतगंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२७.९० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३९१.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ भने अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९. ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५६३.७० रुपैयाँ पुगेको छ । 

आज नेपाल वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।   





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १५:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया