चौतारा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन

चौतारा- सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ । स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अङ्ग्रेजी र नेपालीमा कक्षा सञ्चालन हुनेछ । स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने ७७ जनाले फाराम भरेर ७१ जना प्रवेश परीक्षामा समेत उत्तीर्ण भएका छन् । उनीहरूमध्ये प्रायःजसो गृहिणी छन् भने केही कर्मचारीसमेत छन् । 

कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवनको व्यवस्था छ । हाल जनशक्ति र आर्थिक स्थिति केही कमी भए पनि त्यसलाई समाधन गर्दै लगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले बताए । 

विसं २०५८ मा सम्बन्धन प्राप्त उक्त क्यामपसमा हाल स्नातक तहमा व्यवस्थापन, शिक्षा र विज्ञान संकायमा गरी ३ सय ५० छात्रछात्रा अध्ययन गरिरहेका प्राध्यापक यज्ञप्रसाद दंगालले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार ११:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया