श्रीलंकासँगको पहिलो टी-२० मा भारत २ रनले विजयी

श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली भारत २ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । श्रीलंकाले भने सिरिजमा हारबाट सुरुवात गर्‍यो ।  

गएराति सम्पन्न खेलमा भारतले दिएको १ लक्ष्य ६२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दासुन शानकाले ४५, कुशल मेन्डिसले २८, चमिका करुणारत्नेले अविजित २३, वानिन्दु हसरंगाले २१, चरित अशलंका १२ र भानुका राजापाक्षे १० रन बनाए । 

भारतका लागि शिवम मावीले चार, उमरान मलिक र हर्षल पटेलले दुई/दुई विकेट लिए । भारतलाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि अलराउन्डर दीपक हूडाले उत्कृष्ट अन्त्य गरे ।

२२ बलको सामना गरेका उनले चार छक्का र एक चौकाको मद्दतमा अविजित ४० रन बनाए । इशान किशनले ३७, अक्षर पटेलले अविजित ३१, कप्तान हार्दिक पाण्ड्याले २९, शुभमन गिल, सूर्यकुमार यादवले सात/सात र सञ्जु सामसनले पाँच रन जोडे ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा, धनन्जय डिसिल्भा, महेश थिक्क्षणा, चमिका करुणारत्ने र दिलशान मदुशंकाले एक/एक विकेट लिए । भारत र श्रीलंकाबीचको दोस्रो टी–२० बिहीबार हुनेछ ।   





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ६:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया