स्पट फिक्सिङको खबरले स्तब्ध बनायो, दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल टी–२० लिगको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । लिगमा स्पट फिक्सिङ भइरहेको खबर सार्वजनिक भएपछि उनले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् । 

स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै पूर्वकप्तान खड्काले क्रिकेटमा समर्पित सम्पूर्ण सरोकारवालाको विश्वासलाई सो घटनाले चोट पुर्याएको बताएका छन् । 

‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिने क्रम जारी थ्यो । यो अनवरत यात्रा र उतारचढावकै बीच नेपाल टी–२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ पारसले फेसबुकमा लेखेका छन्, ‘खेलाडीहरूको वर्षौँदेखिको लगाव, खेलप्रेमीहरूको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ । यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस् ।’

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा जारी प्रतियोगितामा स्पट फिक्सिङका घटनाहरू बाहिर आएका छन् । मंगलबार मात्रै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका सदस्यलाई म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिकरूपमै अभिव्यक्ति दिएका थिए । 

त्यस्तै, कमेन्टेटर सचिन तिमल्सेनाले फिक्सिङ गराउने क्रियाकलाप देखेपछि लिगबाट अलग भएको बताएका छन् । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ७:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया