इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले बर्नेमाउथविरुद्ध ३–० गोल अन्तरको जित हात पारेको हो ।
युनाइटेडलाई जित दिलाउने क्रममा कासिमिरो, लुक श र मार्कुस राशफोर्डले एक/एक गोल गरे । २३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
लुक शले खेलको ४९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा राशफोर्डले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।
यो जितसँगै चौथो स्थानमा रहेको युनाइटेडले १७ खेलबाट ३४ अंक जोडेको छ । १८ खेलमा १६ अंक जोडेको बर्नेमाउथ १५ औं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।