मधेश प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव

मधेश प्रदेश सभामा नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । उनलाई मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा  चयन गरेको हो ।

आकांक्षीहरू बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले यादवको नाम चयन गरेको हो । 

एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव ४ मंसिरको निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (क) बाट विजयी भएका थिए । मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेका एमालेका २३ सांसद छन् । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ८:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया