साउदीमा पनि म केही रेकर्ड तोड्न चाहन्छु : रोनाल्डो

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले एसियन क्लब अल–नासरबाट खेल्ने आफ्नो निर्णयमा खुसी व्यक्त गरेका छन् । उनले आफू अल–नासर क्लबसँग जोडिन पाउँदा गर्व महसुस गरिरहेको पनि बताए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो । मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु । यो अब नयाँ चुनौती हो ।’  

उनले अल-नासरले विश्वमा साउदी फुटबलको छवि मात्र नभइ देशको धारणा पनि परिवर्तन गर्ने बताए । ‘म एक अद्वितीय खेलाडी हुँ । मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु । म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु,’ रोनाल्डोले भने ।

रोनाल्डोले अमेरिका, अस्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको बताए । उनले साउदी फुटबलमा योगदान दिन चाहेको बताए ।  

रोनाल्डो मंगलबार बिहान परिवारसहित साउदी अरबको राजधानी रियाद पुगेका थिए । उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउन्डको सम्झौता गरेका छन् । रोनाल्डो २०२५ सम्म अल–नासरसँग रहनेछन् ।   





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १०:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया