नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुन छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।
योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य यस वर्षकै सबैभन्दा बढी हो ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम थियो ।
बुधबार चाँदीको मूल्य भने १० ले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।