एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा यादव र उपनेतामा ठाकुर

नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् । बुधबार बिहान जनकपुरधाममा बसेको पार्टी कमिटीको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । 

त्यस्तै, दलको उपनेतामा भने धनुषाका दीपेन्द्र ठाकुर चयन भएका हुन् । मंगलबारदेखि जारी बैठकमा आकांक्षी बढी भएको र दलको नेताका लागि सबैले आ–आफ्नै दाबी प्रस्तुत गरिरहँदा सहमति नजुटेपछि बुधबार बिहान पुनः बसेको बैठकबाट दलको नेतामा सहमति जुटेको बताइएको छ । 

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका नेता यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका हुन् । उपनेता ठाकुर भने धनुषा–३ (ख) बाट निर्वाचित भएका हुन ।

दलको नेताका लागि रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापालगायत दाबेदार थिए । मधेस प्रदेश सभामा नेकपा एमालेका २३ जना सांसद निर्वाचित भएका छन् ।  





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १२:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया