काठमाडौंलाई १०२ रनले हराउँदै लुम्बिनी नेपाल टी-२० लिगको क्वालिफायरमा

लुम्बिनी अल स्टार्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगको क्लालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा उसले काठमाडौं नाइट्सलाई १ सय २ रनले हराउँदै लुम्बिनी क्लालिफायरमा प्रवेश गरेको हो ।

लुम्बिनी ९ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । उसले अहिलेसम्म एक खेलमा मात्र हारको सामना गरेको छ । तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंले आठ म्याच खेल्दा चारमा हार र चार खेलमा जित निकालेको छ ।

आफ्नो आठौँ खेलमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । उसका लागि बसिर अहमदले २२, कमल सिंह ऐरीले १६, कप्तान ज्ञानेन्द्र मल्ल, लोकेश बमले १५/१५ रन बनाए । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लुम्बिनीका लागि कुशल भुर्तेल, ह्यारी टेक्टर, इशान पाण्डेले दुई/दुई तथा किशोर महतो, विपुल शर्मा र हरमित सिंहले एक/एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा झारिएको खेलमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो । उसका लागि हरमित सिंहले सानदार इनिङ खेले । ३६ बलको सामना गरेका उनले दुई चौका र आठ छक्काको मद्दतमा ७० रन बनाए । 

त्यस्तै, लाहिरु मिलन्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७ कुशल भुर्तेलले १५ रन जोडे । काठमाडौंका लागि अविनाश बोहराले तीन, बसिर अहमदले दुई र अनिल खरेलले एक विकेट लिए । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १२:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया