इरानसँगको आणविक सन्धिबाट फिर्ता हुन युराेपलाई अमेरिकी उपराष्ट्रपतिको आग्रह

एजेन्सी– अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लामो समयदेखि अमेरिकाको सहयोगीका रूपमा रहँदै आएका यूरोपेली संघ आवद्ध मुलुकहरूलाई इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुन आग्रह गरेका छन् ।  

मध्यपूर्वी देशहरुको एक सम्मेलनलाई पोल्याण्डमा सम्बोधन गर्दै उनले अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउन चाहेको र अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठनमा अमेरिकाको पक्षमा रहेका सबै यूरोपेली मुलुकहरूले इरानमाथिको प्रतिबन्धलाई समर्थन गर्दै करिब तीन बर्ष पहिले अमेरिकी नेतृत्वमा भएको सम्झौताबाट फिर्ता हुन मध्यपूर्व तथा यूरोप क्षेत्रका सहयोगीलाई आग्रह गरेका हुन् ।  

यूरोपेली शक्ति राष्ट्रहरू फ्रान्स, जर्मनी र बेलायतले इरानमा रहेका आफ्ना कम्पनीलाई काम गर्न दिन अमेरिकालाई गरेको आग्रहप्रति लक्षित गर्दै पेन्सको पछिल्लो भनाइ आएको हो । 

इरानलाई मजबुत पार्नेगरी आएको फ्रान्स, जर्मनी र बेलायतजस्ता मुलुकको मागले मध्यपूर्व तथा यूरोप क्षेत्रको सुरक्षामा खतरा रहेको दावी गर्दै इरानलाई कमजोर पार्न उसमाथि थप नाकावन्दीको आवश्यकता रहेको उनको भनाइ थियो । 
 





  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार ११:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया