नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको छैन, भ्रम फैलाइयो : क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा जारी नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै क्यानले प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ नभएको प्रस्ट पार्दै भ्रामक तथा मिथ्या सूचनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘नेपाल क्रिकेट संघको आयोजनामा यही २०७९ पुस ७ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ/स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलिएको अनेक भ्रामक वा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानले विज्ञप्‍तिमा भनेको छ ।  

क्यानले म्याच फिक्सिङका बारेमा जानकारी भए प्रमाणसहित क्यानको कार्यालय वा नेपाल टी–२० लिगको एन्टी करपसन युनिटमा उजुरी दिन पनि अनुरोध गरेको छ । 

‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएका यस्ता गतिविधि अन्त्य गर्ने नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउँदै, यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करपसन युनिट (एसियु) मा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ,’ क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले संघ र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचना नफैलाउन पनि अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १३:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया