आज बुधबार सेयर बजार उच्च अंकले बढेको छ । हिजो मंगलबार सामान्य घटेको सेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको हाे ।
सेयर बजारमा आज सबै समूहको सेयर बढेर हरियाली छाएकाे छ । उत्पादन, माइक्रोफाइनान्स, बिमा र विकास बैंकको सेयर उच्च अंकले बढेको छ ।
आज दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता सेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भयो ।
आज नौवटा कम्पनीको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अरू २१ वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि छ वटा कम्पनीको सेयर एक प्रतिशतभन्दा धेरैले घटेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।