फुटबल सम्राट पेलेलाई उनले प्रसिद्धि प्राप्त गरेको सहरमा समाधिस्थ

फुटबल सम्राट पेलेलाई उनले प्रसिद्धि प्राप्त गरेको सहरको चिहानघारीमा समाधिस्थ गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जलि अर्पण गरे। 

सांगीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ प्रार्थना गरिएको शवयात्रामा हजारौँ सहभागी थिए।

सुनले बेरिएको ‘कास्केट’ आइपुग्नुअघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मन पर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो। उनको शव सान्तोसमा राखिएको थियो। यहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए।

पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत उपस्थित नभएको भन्दै पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन्।





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १७:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया