बार्सिलोना फुटबल क्लब स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै बार्सिलोना कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले समान एक गोल गरे । इन्टर सिटीकाका लागि ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरे पनि हार टार्न भने सकेनन् ।
स्पेनको स्टेडियो जोश रिको पेरेज एलिकेन्ट स्पेनमा भएको खेलमा चौथो मिनेटमा एराउजोले गोल गर्दै बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो । ५९औं मिनेटमा इन्टरसिटीका ओरिओल सोल्डेभिलाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
६६औं मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले खेलमा २–१ को अग्रता लियो । ७४औं मिनेटमा ओरिओल सोल्डेभिलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्यायो ।
७७औं मिनेटमा राफिन्हाले गोल गर्दै फेरि बार्सिलोनाले ३–२ को अग्रता लियो । ८६औं मिनेटमा ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपछि खेल ३–३ को अवस्थामा आयो । अतिरिक्त समयमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाले खेल ४–३ ले आफ्नो पक्षमा पार्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।