पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा चर्च ब्वाइज युनाइटेडले भुटनिज युथ क्लब यूएसएको सामना गर्दैछ । यी दुई टिमबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ ।
आजको विजेताले फाइनलमा संकटा क्लबविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनल खेलमा संकटाले विभागीय टोली एपिएफलाई हराएको थियो । फाइनल खेल २३ पुसमा पोखरा रंगशालमा हुनेछ ।
यसपटक आहा ! रारा गोल्डकप विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।