त्रिवि समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी भएको छ । विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शुक्रबार दिउँसो तालाबन्दी गरेका हुन् ।

विद्यार्थी संगठनहरूले एक विज्ञप्ति जारी गरी अनावश्यक रूपमा विभागले आंशिक शिक्षकका लागि विज्ञापन गरेकाले प्रक्रिया रोक्न माग गर्दै तालाबन्दी गरेको उल्लेख गरेका छन् । अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अखिल क्रान्तिकारी त्रिवि समिति अध्यक्ष लोकेन्द्र ऐरीले विज्ञप्ति जारी गरेका हुन् ।
 
समाजशास्त्र केन्द्रीय विभागमा स्थायी शिक्षककै शिक्षणभार अपुग भएको अवस्थामा पद संख्या नतोकी केही संख्या भनेर आंशिक शिक्षक माग्नु बदनियतपूर्ण भएको विद्यार्थीहरूको आरोप छ । उमेर हद नतोकी विज्ञापन माग गरिएको र पदपूर्ति समिति गठन नगरी आंशिक शिक्षक राख्न खोजिएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख तुलसीराम पाण्डेले त्रिवि सेवा आयोगले माग गरेको उपप्राध्यापक पदपूर्ति हुन समय लाग्ने र अहिले नै जनशक्ति चाहिएकाले आंशिक शिक्षक राख्न लागिएको बताए । त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएरै विज्ञापन गरिएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार १४:३४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया