राष्ट्रपतिमा डोरमणि पौडेलको चर्चा
फरकधार / २१ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रपतिमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको चर्चा चलेको छ । उपाध्यक्षहरु नै राष्ट्रपतिका लागि आकांक्षी रहे पनि अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई अघि सार्न लागेको बताइन्छ । 



अध्यक्ष ओली वर्तमन राष्ट्रपति विद्यादेवी भण्डारीले जसरी नै आफूले भनेको सहज रुपमा मान्ने व्यक्तिलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउन चाहन्छन् । पौडेल पनि राष्ट्रपतिका लागि इच्छुक रहेको एमाले निकट स्रोतले बताएको छ । 



एमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका लागि आकांक्षी छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि राष्ट्रपतिमा चर्चा छ ।  



उनीहरुलाई राष्ट्रपति बनाउन अध्यक्ष ओली अनिच्छुक देखिएको स्रोतको भनाइ छ । ०७४ सालमा बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य मुख्य आकांक्षी थिए । 



माधव नेपाल समूहमा रहेका उनीहरुलाई पन्छाउँदै ओलीले पौडेललाई संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री बनाएका थिए। 

०५४ मा हेटौंडा नगरपालिकाको मेयरसमेत भएका ७६ वर्षीय पौडेल ४३ वर्षदेखि राजनीतिमा सक्रिय छन्।





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १८:१९:१२,   अन्तिम अपडेट : पुस २१, २०७९ बिहीबार १८:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया