चलचित्र पत्रकार संघले ६० वर्ष उमेर पुगेका पत्रकारलाई मासिक ६ हजार भत्ता दिने

चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारलाई  मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

बिहीबार संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमितिको निर्णयद्वारा ६० वर्ष उमेर पुगेकालाई मासिक भत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । 

उक्त सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नवीकरण शुल्क मिनाहा गर्नुका साथै यो सुविधा प्राप्त गर्ने सदस्यको पहिचान कार्यसमिति र कल्याणकारी कोष सञ्चालक समितिले गर्ने निर्णय भएको संघका सचिव विशाल राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

बैठकले यही माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन यही फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । 

महाधिवेशनका लागि निर्वाचित​ समिति तथा स्थान भने आगामी वैठकमा तय गर्ने निर्णय भएको छ ।

  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार २१:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया