प्रचण्डलाई एमालेको साथ रहेको भन्दै एकीकृत समाजवादीले विश्वासको मत नदिने
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले आगामी मंगलबार संसदमा विश्वासको मत लिँदै छन् । 

प्रचण्डलाई नेकपा एमालेको साथ रहेकोले एकीकृत समाजवादीले विश्वासको मत दिन नसक्ने उक्त पार्टीका एक वरिष्ठ नेताले फरकधारलाई बताए ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ ।  





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार ११:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया