सरकारप्रति आक्रामक हुँदै प्रचण्डले भने– अब म लड्न जाने भएँ ढुक्क हुनुस्

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारसँग लड्ने घोषणा गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियनको पहिलो भेलामा प्रमुख अतिथिका रूपमा पुगेका दाहालले शिक्षकका मागबारे सरकारसँग लडाइँ लड्ने बताएका हुन् । 

कार्यक्रमका वक्ताले प्रचण्डलाई जहिल्यै सकारात्मक आश्वासन दिइराख्ने, तर आफूहरुले पुराना माग राखिराख्नुपर्ने अवस्था रहेको भनेर आरोपको जवाफमा दमहाललले भने,  ‘मैले हुन्न भनेको भए पो धेरै गुनासो गर्नु !’

उनले आफूले शिक्षकहरुको माग बुझेको र त्यो पूरा गर्न लागि पर्ने आश्वासन दिँदै भने, ‘अहिले अप्ठ्यारै छ, तर मैले अड्डी कसेँ भनेचाहिँ धेरै कुरा हुन्छ ।’ 

संघीय शिक्षा ऐन ल्याउँदा शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गर्ने बताउँदै प्रचण्डले भने, ‘अब म लड्न जाने भएँ ढुक्क हुनुस् ।’ 





  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार १५:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया