मधेसमा सरकार गठनका लागि आह्वान
फाइल तस्बिर

मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम पुस २ गते पेस हुन आएकोमा प्राप्त निर्वाचन परिणामबाट मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनैपनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते बिहीबार दिउँसो ४:०० बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिएका छन् । 

मधेस प्रदेशसभामा १०७ जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १४:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया