नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले बाहिर आएको हल्लाजस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने बताएका छन् ।
आजको संसदीय दलको बैठकका अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको उनले बताए ।
नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ । संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।