कांग्रेसले अरु पार्टीलाई प्रधानमन्त्री अफर गरेको पनि छैन, प्रचण्डलाई विश्वासको मत पनि दिँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । कांग्रेसले यसबारे निर्णय गर्नका लागि मंगलबार बिहानका लागि बैठक बोलाएको छ । 

शनिबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा थापाले प्रचण्डलाई विश्वासको मत दिने कुरा कांग्रेसमा छलफलको विषय नै नभएको आफूलाई लागेको बताए। संसद्को दोस्रो, तेस्रोलगायत पार्टीहरूको गठबन्धनको सरकार बन्दा पहिलो पार्टी स्वतः प्रतिपक्षमा रहने उनले प्रस्ट पारे । 

‘हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ ।’

कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन संविधानले पनि नदिने दाबी गर्दै थापाले कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्न लागेको भन्ने समाचार अफवाह भएको बताए ।

कांग्रेसले अरु पार्टीलाई प्रधानमन्त्रीको अफर गर्ने कुरा पनि अफवाह र निराधार भएको बताए । कांग्रेस सभापतिसँग भेट्न अन्य दलका नेताले नै समय मागेर आएको र शीर्ष नेताबीच सामान्य छलफल भएको उनले बताए । 





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १९:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया