टोटेनहम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । गएराति सम्पन्न खेलमा पोर्ट्समाउथलाई १–० ले हराउँदै टोटेनहमले चौथो चरणमा पुगेको हो । टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । टोटेनहमका लागि केनको यो २६५ औं गोल हो । एफए कपअन्तर्गत नै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएर चौथो चरणको यात्रा तय गर्यो ।
त्यस्तै, लेस्टर सिटीले गिलीङ्घमलाई १–० ले पाखा लगाउउँदै चौथो चरणको यात्रा पक्का गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।