सिरी ‘ए’ मा युभेन्ट्सको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले रोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले उडीनेजेविरुद्ध १–० को रोमाञ्चक जित निकालेको हो । 

युभेन्ट्सको जितमा डानिलोले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले १७ खेलमा ३७ अंक जोडेको छ । 

२५ अंक जोडेको उडीनेजे आठौं स्थानमा छ । ​गएराति नै भएको खेलमा इन्टर मिलान भने बराबरीमा रोकिएको छ । ऊ दुईपटक अग्रता लिँदा पनि मोन्जासँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

यो बराबरीसँगै इन्टर १७ खेलबाट ३४ अंकका साथ चौथो स्थानमा छ । अंक जोडेको मोन्जा १४ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार ८:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया