नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आजका लागि बोलाइएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा एवं पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल गर्न नेसपाको राजनीतिक समितिको बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने राजनीतिक समितिका सदस्य रमेश यादवले जानकारी दिए । शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकीकरणबारे छलफल भएको थियो ।
पार्टी एकीकरणका लागि माओवादी केन्द्रबाट यसअघि पनि प्रस्ताव आएको र आफूहरू पनि सकारात्मक रहेकाले यसबारे छलफल गरेर एकताका लागि वार्ता टोली बन्ने सम्भावना रहेको यादवले बताए ।
माओवादीले नेसपासँगको एकीकरणका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सम्मिलित वार्ता टोलीसमेत बनाइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।