लाेसपा बैठक : सरकारलाई विश्वासको मत दिने या नदिने विषयमा छलफल

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । काठमाडौंको बबरमहलसि्थत पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित छलफल हुने बताइएकाे छ ।  

पुस २६ गते सरकारले विश्वासको मत लिन लागेकाे छ । सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारलाई विश्वासको मत दिने या नदिने विषयमा निर्णय गर्ने नेता जितेन्द्र सोनलले बताए । 

बैठकमा पार्टीको संगठन सुदृढीकरण र विस्तारको कामलाई अघि बढाउने विषयमा पनि छलफल हुने एजेण्डान्डा तय गरिएको छ ।

कांग्रेससँग पार्टीकाे सम्बन्ध के रहने, वर्तमान सरकारसँग सम्बन्ध कसरी अगाडि बढाउने, नागरिकता विधेयकलगायत मागमा सरकारकाे धारणा के हाे भन्ने लगायत विषयमा बैठकमा छलपफल हुने बताइएकाे छ । 





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १६:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया