मधेसमा जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन् । दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन् । 

दलको नेताका लागि यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराइसकेका थिए । दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएका हुन् । 

यादव मधेस प्रदेशको निवर्तमान सभामुख समेत हुन् । जसपाको मधेस प्रदेश सभामा  १६ जना प्रदेश सभा सदस्य छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १५:१०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया