राजेन्द्र लिङ्देनले भने - सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्मा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहमा विगत झैँ दृढताका साथ उभिने बताए । 

अध्यक्ष लिङ्देनले संसद्मा पार्टीको अपेक्षित सङ्ख्या नभए पनि जनमतको सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । सबै राजनीतिक दल मिलेर देशको समस्या समाधान गर्ने जनादेश रहेको भन्दै उनले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने बताए ।

उनले जनताले कृषिका लागि बीउ, मल पाउन नसकेको र विकास निर्माणको काम पनि सुस्त रहेको भन्दै यी सबै समस्याको समाधान गर्न आफूहरु प्रतिनिधिसभामा आएको उल्लेख गरे ।  





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १५:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया