दूरसञ्चार प्राधिकरणकाे निर्देशन : क्रिप्टो कारोबार हुने वेबसाइट र एप्लिकेसन बन्द गर्नू

नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टो कारोबार, हाइपर नेवर्किङ र अनलाइन जुवा (बेटिङ) सँग सम्बन्धित वेबसाइट तथा एप्लिकेसन बन्द गर्न  इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

नेपालको मौजुदा कानुनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेबसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टो करेन्सी कारोबार, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप्लिकेसन र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिए पनि इन्टरनेट सेवा प्रदायकले अटेरी गरेपछि फेरी निर्देशन दिनु परेको प्राधिकरणले जनाएको छ ।

यस्ता वेबसाइट र एप्लिकेसन बन्द गर्नका लागि सेवा प्रदायकलाई दोस्रोपटक निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । ‘अर्थ मन्त्रालयबाट परिपत्र भए बमोजिम हामीले करिब एक वर्षअघि इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइट बन्द गर्न निर्देशन दिएका थियौँ । तर उक्त निर्देशनको प्रभावकारी पालना भएको नदेखिएपछि अहिले फेरी निर्देशन दिइएको हो,’ पौडेलले भने । यो निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई कारबाही गरिने पनि प्राधिकरणले चेतावनी दिएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १८:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया