मार्टिनेज पोर्चुगल फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

बेल्जियमका पूर्वप्रशिक्षक रोबर्टो मार्टिनेज पोर्चुगल फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलका तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्तमा परेका थिए । त्यसयता पोर्चुगलको टिम प्रशिक्षकविहीन थियो ।  

पोर्चुगलका नवनियुक्त मार्टिनेजले विश्वकपमा बेल्जियम समूह चरणबाट बाहिरिएपछि प्रशिक्षकको पदबाट राजीनामा दिएका थिए । उनले पोर्चुगलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।  

‘विश्वकै उत्कृष्ट प्रतिभा भएको राष्ट्रिय टोलीको प्रशिक्षक हुन पाउँदा म निकै खुसी छु । म यहाँ आउन पाउँदा धेरै उत्साहित छु । मैले पहिलोपटक संघका अध्यक्षसँग कुरा गरेपछि मलाई थाहा भयो कि यो एक खेलकुद परियोजना हो जसले मलाई उत्साहित गर्नेछ । म बुझ्छु यहाँ ठूलो अपेक्षा र ठूला उद्देश्यहरू छन्,’ मार्टिनेजले भनेका छन् । 

एभर्टनका पूर्वप्रशिक्षक समेत रहेका उनले २०१६ मा बेल्जियम टिमको प्रशिक्षकको भूमिकामा देखिएका थिए ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १०:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया