सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ सय र चाँदी २५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार ११:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया