भ्रष्टाचार नियन्त्रण र रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने माधव नेपालकाे माग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण र रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेकाे विश्वासकाे मतकाे प्रस्तावमा संसदमा जारी छलफलमा भाग लिँदै नेपालले यस्ताे बताएका हुन् ।  

अबको सरकारले कुरा कम, काम ज्यादा गर्नुपर्ने धारणा राखेका नेपालले रेशम चौधरीलाई रिहाइ गर्ने प्रक्रियामा सरकारले उच्चतम प्राथमिकतामा राख्नुपर्ने बताए । 

उनले भने, 'कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो, त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौँ।'

नेपालमा भ्रष्टाचार ठूलो समस्या बनिसकेकोमा त्यसलाई रोक्नुपर्ने भन्दै उनले ठूला कुरा गर्ने, तर आफैँ भ्रष्टाचारको संरक्षणमा लाग्ने प्रवृत्ति बढेको बताए ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १६:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया