बाबुरामको आह्वान : अब राष्ट्रिय सहमतिको सरकार होस्, देश ट्रयाकमा आएपछि पक्ष–प्रतिपक्ष बनौँला

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अब देशमा राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले प्रचण्ड बहुमत प्राप्त गरेसँगै उनले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् । 

आज आयोजित प्रतिनिधिस​भा बैठकमा २७० सांसद मतदानमा सहभागी भएकाथिए । मा २७५ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ मत परेको हो। २ जनाले मात्र प्रचण्डका विपक्षमा मत हालेका थिए। 

यस्तो अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिए पनि अहिले कोही पनि प्रतिपक्ष नबनेर राष्ट्रिय सहमतिको सरकार बनाउन अध्यक्ष भट्टराईले आह्वान गरेका छन्। 

उनले भनेका छन्, ‘फूलको आँखामा फूलै संसार...’ भनेझैँ प्रचण्ड सरकारले पाएको अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिएला। तर, यो प्रकृयाको एक अभियन्ताको नाताले मेरो विनम्र आग्रह छ, असाधारण अवस्थाले असाधारण कदम खोज्छ। अबको कदम राष्ट्रिय सहमतिको सरकार होस् ! देश ठीक ट्रयाकमा आएपछि पक्ष–प्रतिपक्ष बनौँला।’





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार २०:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया