नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिता बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कँडेललाई दिएको छ ।
झण्डै तीन घण्टाभन्दा लामो समय चलेको उक्त बैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको एमालेका एक सांसदले जानकारी दिए ।
सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।