म्यानचेस्टर युनाइटेड लिग कप (काराबाओ) को सेमिफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० ले हराउँदै युनाइटेड काराबाओको सेमिफाइनलमा पुगेको हो ।
ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा मार्कस राशफोर्डले दुई र एन्टोनी मार्सियलले एक गोल गरे । २३ औँ मिनेटमा फ्रेडले दिएको पासमा एन्टोनीले पहिलो गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
९०औँ मिनेटमा मार्कस राशफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । थपिएको समयको चौथो मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–० ले जित दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।