राप्रपाकाे चियापानमा पुगेर कमल थापाले भने- राप्रपामा धेरै पसिना बगाएको छु, याे मेराे पनि पार्टी हाे
फरकधार / २७ पुस, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् ।



थापा राप्रपाकाे अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा मिसिएर त्यसकाे अध्यक्ष बनेका थिए । चियापान कार्यक्रममा पुगेका थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे ।

कार्यक्रममा थापाले राप्रपा आफ्नो पनि पार्टी भएको बताए। यसका लागि आफूले धेरै पसिना बगाएको भन्दै उनले पार्टी एउटै बनाउने कुरामा पछि छलफल गर्ने बताए । 



सरकारले पृथ्वी जयन्तीको अवसरमा बिदा दएकोमा धन्यवाद दिँदै उनले राज्यबाटै एकता दिवस मनाउनुपर्ने धारणा राखे। 



राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरु पनि अतिथिका रूपमा पुगेका छन् ।

 

  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १६:९:३६,   अन्तिम अपडेट : पुस २७, २०७९ बुधबार १६:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया