घामपानी निर्देशक लामाको लेखन तथा निर्देशनमा नयाँ फिल्म बन्दै

निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गरेका छन् । लगालग हिट फिल्म दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी फिल्ममा अनुबन्धित भएका हुन् । 

‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्र निर्दशित ‘छ माया छपक्कै’ पछि ‘दुई नम्बरी’ सुपरहिट भइसकेको छ । पछिल्लो समय ‘डिमाण्डेड’ निर्देशकका रुपमा कहलिएका उनले केही दिनअघि मात्रै दयाहाङ राई, मिरुना मगर र शिशिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचाँै फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए । 

हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत्र महिनामा हुँदै छ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिएका छन् । 

यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) छन् । 

समीर घले सहनिर्माता रहेको फिल्मको कलाकार र प्राविधिक चयन कार्य केही समयमै गरिने बताइएको छ । दीपेन्द्रको ‘नाङ्गो गाउँ’ का साथै यो छैटौँ फिल्मको वितरण पनि आरआर फिल्मस्ले गर्ने सम्झौता भइसकेको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १८:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया