नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको लागि भूमिका खेलेको भन्दै उनको योगदानलाई बिर्सन नहुने बताए ।
बुधबार राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भूमिको रक्षा गरेको बताए।
राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । साे अवसरमा विभिन्न राजनीतिक दलका नेताले पृथ्वीनारायण शाहकाे याेगदानकाे चर्चा गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।