अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण आन्तरिक उडान ठप्प भएको हाे ।
संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो ।
खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ ।
प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान पूर्ववत् रुपमा सञ्चालन हुने एफएएले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।