नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित भएका छन् । संघका अध्यक्ष अनिलकुमार उपाध्यायको कृषि विकास बैंकको कार्यकाल समाप्त भएपछि संघको अध्यक्ष पद खाली भएको थियो ।

वाणिज्य बैंकहरुको छाता संस्था संघको बुधबार सम्पन्न विशेष साधारण सभाले केसीलाई निर्वाचित गरेको हो । यसअघि संघको उपाध्यक्ष रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको उपाध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । उनी माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यसअघि उनी संघको कार्यकारी सदस्य थिए । 

संघको कार्यकारिणी समितिमा निवर्तमान अध्यक्षको हैसियतमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देव सदस्य रहेका छन् ।

यस्तै नेपाल बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंक रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सुदेश खालिङ, सनराइज बैंकका सुमन शर्मा पनि कार्यकारी सदस्य चयन भएका छन् । 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा संघको सल्लाहकार रहेका छन् ।





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार २०:२४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया