पिएसजीको सहज जितमा मेस्सीको गोल

फ्रेन्च लिग वान फुटबलमा एन्जर्सविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले एन्जर्सविरुद्ध २–० को जित हात पारेको हो ।

पिएसजीको जितमा हुगो एकिटिके र लियोनल मेस्सीले एक/एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई २–० को सहज जित दिलाए । यो जितसँगै पिएसजीले १८ खेलमा ४७ अंक जोडेको छ ।

ऊ शीर्ष स्थानमा कायमै छ । पुछारमा रहेको एन्जर्सको ८ अंक छ । 
 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ८:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया