सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा एलन मस्कको रेकर्ड

ट्विटरका मालिक एलन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाउने कीर्तिमान बनाएका छन् । विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स‌का अनुसार मस्कले सन् २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाएका हुन् ।

गिनिज बुकमा उल्लेख गरिएका विवरणहरू प्रकाशक फोर्ब्स‌बाट प्राप्त तथ्यांकमा आधारित छन् । तर, गिनिजले अन्य स्रोतहरूबाट प्राप्त विवरणमा मस्कले गुमाएको सम्पत्ति अझै धेरै हुनसक्ने देखिएको बताएको छ । 

गत डिसेम्बरमा मस्कले विश्वकै सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका थिए । उनलाई फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभीएमएचका मालिक बेअर्नार अर्नोले उछिनेका थिए । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १२:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया